Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


बनेपामा दुई बस ठोक्किँदा २५ जना घाइते, दुवै चालक नियन्त्रणमा


0
Shares

काठमाडौं । काभ्रेको बनेपामा दुई यात्रुवाहक बस एकआपसमा ठोक्किँदा २५ जना घाइते भएका छन्।

बिहीबार बिहान करिब ११ः४० बजे धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा ५ ख २९७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको बा ३ ख ५०६४ नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका २१ जनालाई बनेपास्थित शीर मेमोरियल अस्पताल र चार जनालाई धुलिखेल अस्पतालमा उपचारका लागि पठाइएको छ।

घाइतेमध्ये केहीको टाउको, अनुहार, हातखुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। अधिकांशको अवस्था सामान्य रहेको छ भने केहीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न दुवै बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।

Skip This