Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


छठको भव्य तयारीः सांस्कृतिक सद्भावको केन्द्र बन्दै काठमाडौंका पोखरी


0
Shares

काठमाडौं । आस्था, निष्ठा र सूर्य उपासनाको महापर्व छठका लागि काठमाडौंका नदी र पोखरीमा सरसफाई र भौतिक संरचना निर्माण कार्य जारी रहेको छ ।

आस्था, निष्ठा र लोकआस्थाको पर्व छठ आउन केही दिन मात्र बाँकी रहँदा काठमाडौं उपत्यकाका विभिन्न जलाशय तथा पोखरीहरूमा तयारीले तिब्रता पाएको हो । विशेषगरी राजधानीको मुटुमा अवस्थित ऐतिहासिक कमलपोखरीमा छठ पूजाका लागि विशेष सरसफाइ, काठका परम्परागत मण्डपमा रङरोगन, तथा टेन्ट र झिलिमिली बत्ती जडानका लागि फलामे संरचना निर्माण कार्य द्रुत गतिमा भइरहेको छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि शुरु भई सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर सम्पन्न हुने छठ पर्वका लागि काठमाडौंका विभिन्न घाटहरू दुलहीझैं सिँगारिन थालेका छन् । पछिल्ला वर्षहरूमा राजधानीको कमलपोखरी छठ पर्व मनाउने प्रमुख केन्द्रका रूपमा विकास भएको छ ।

Skip This