काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्था, सरकारका गतिविधि र समसामयिक विषयमा छलफल हुने भएको छ ।
बैठकमा सरकारका निर्णय तथा कार्यशैलीप्रति पार्टीले उठाउँदै आएका प्रश्न र असन्तुष्टिका विषयले पनि स्थान पाउने सम्भावना छ ।
कांग्रेस सभापति गगन थापाले सोमबार पत्रकार सम्मेलन गरी सरकारका पछिल्ला गतिविधिबारे पार्टीको धारणा सार्वजनिक गर्नुभएको थियो । त्यसको भोलिपल्ट बस्न लागेको संसदीय दलको बैठकमा सरकारप्रतिको पार्टीको भूमिका र आगामी संसदीय रणनीतिबारे समेत छलफल हुने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्