Logo १५ कार्तिक २०८३, आइतबार | Sun, Nov 1, 2026


एनपिएलः जनकपुरद्वारा पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत


0
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई १ सय ४८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन बनायो । उसका लागि ओपनिङ ब्याटर तृतराज दासले अर्धशतकीय पारी खेले । उनले ५५ बलमा ७ चौका र २ छक्कासहित ६१ रनको पारी खेलेका हुन् ।

जारी एनपिएलमा तृतराजको यो पहिलो अर्धशतक हो । यस्तै, मोइन अलीले १६ बलमा ३ चौका र १ छक्कासहित २१ रनको योगदान दिए । जिमी नीशम ११ रनमा आउट भए ।

अविजित रहेका अभिषेक तिवारीले १० बलमा २ छक्का र १ चौकासहित २४ रनको उत्कृष्ट पारी खेले । पोखरा एभेन्जर्सका लागि बलिङतर्फ शाकिब अल हसनले चार ओभरमा १५ रन दिए सर्वाधिक ३ विकेट लिए । यस्तै, चमिका करुणारत्नेले २, मेहदी हसन र मोहम्मद सैफउद्दिनले समान १–१ विकेट लिए ।

जारी संस्करणमा जनकपुर दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा हार व्यहोर्दा दोस्रो खेलमा जित निकालेको थियो । कुशल भुर्तेल नेतृत्वको पोखरा पहिलो निकाल्ने योजनामा छ । उसले पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग हार व्यहोेरेको थियो ।

Skip This