Logo १४ कार्तिक २०८३, शनिबार | Sat, Oct 31, 2026


पत्रकार पक्राउको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन


104
Shares

काठमाडौँ । पत्रकार पक्राउ र सञ्चार गृहमा प्रहरी प्रवेश गरेको घटनाको विरोधमा पत्रकारहरूले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।

नेपाल पत्रकार महासङ्घको अगुवाइमा आयोजित प्रदर्शनमा सहभागी पत्रकारहरूले वर्षाका बीच भिजेरै प्रेस स्वतन्त्रताको पक्षमा मौन विरोध जनाएका हुन्।

यसअघि शुक्रबार सादा पोसाकमा खटिएका प्रहरीले विभिन्न सञ्चार गृहमा पुगेर केही पत्रकारलाई नियन्त्रणमा लिएका थिए। उक्त घटनाको विरोध भएपछि प्रहरीले पक्राउ परेका पत्रकारहरूलाई सोही दिन साँझ रिहा गरेको थियो।

Skip This