सुबर्ण श्रेष्ठ, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा डिजेल बोकेको ट्यांकर दुर्घटना हुँदा चालकको ज्यान गएको छ।
बकैया गाउँपालिका–५ तिनतलेमा मदन भण्डारी लोकमार्गअन्तर्गत तराई–काठमाडौं द्रुतमार्ग नजिक शुक्रबार साँझ ट्यांकर दुर्घटनामा परेको हो।
हेटौँडाबाट हात्तीसुँडेतर्फ जाँदै गरेको ना।६ ख २९४९ नम्बरको डिजेल लोड गरिएको ट्यांकर साँझ करिब ७ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनामा ट्यांकरले च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको थियो। मृत्यु हुनेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ निवासी ४० वर्षीय रमेशकुमार रायमाझी रहेका छन्।
प्रहरीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पताल लगिएको छ।









प्रतिक्रिया दिनुहोस्