Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना


24k
Shares

काठमाडौं ।
भारत, उत्तराखण्डको बद्रीनाथ धामबाट देहरादुनको सहस्रधारातर्फ आईरहेको हेलिकप्टर जोशीमठ नजिकै दुर्घटनाग्रस्त भएको छ ।

ट्रान्स भारत एभिएसन प्रालिद्वारा सञ्चालित उक्त हेलिकप्टरमा ५ जना तीर्थयात्री र एक पाइलट गरी कुल ६ जना सवार रहेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

भीटी–एचसीएक्स कलसाइन भएको हेलिकप्टर भारतीय समय अनुसार दिउँसो सवा १ बजेतिर उडेको र जोशीमठ उपत्यकाको आकाशमा उड्दै गर्दा सञ्चार विच्छेद भएको उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणले जनाएको छ । भारतीय सेनाले हेलिकप्टर दुर्घटनाको पुष्टि गरेका छन् ।

क्याप्टेन हिमांशुले उडाएको हेलिकप्टरमा पाँच जना पुरुष तीर्थयात्री रहेको जनाइएको छ । चमोली जिल्लाका विपद् व्यवस्थापन अधिकारी नन्दकिशोर जोशीले मारवाडी क्षेत्रको चाईगाउँ नजिकैको पहाडमा हेलिकप्टर सम्पर्कविहीन भएको बताएका छन् ।

स्थानीयले जेपी ड्याममाथिको जङ्गलमा सेतो रङको कुनै वस्तुमा आगो लागेको सूचना दिएका थिए । हेलिकप्टरको खोजीका लागि अन्य हेलिकप्टरहरू पठाइएको छ । खराब मौसमका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

Skip This