काठमाडौं ।
अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यालयको ताला ४ महिनापछि खोलिएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कार्यालयको ताला एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा खोलिएको हो । ताला खोल्न एन्फाका बहुमत सदस्य उपस्थित भएका थिए ।
कार्यालय खोलेसँगै खड्काकै नेतृत्वमा भएको छलफलले यही कात्तिक १३ गते कार्यसमितिको वैठक बोलाउने निर्णय गरेको छ । छलफलमा विराटजंग शाही, दीपक खतिवडा, कुमार केसी, रुपेश अधिकारी, टीका लामा, भरत बुढा थापा, महेन्द्र क्षेत्री, मनिष जोशीलगायत सहभागी भएका थिए ।
बहुमत सदस्यहरुले वैठक डाक्न एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसंग लिखित माग गर्दा पनि अटेर गरेपछि उनीहरुले ताला फोडेर वैठक गरेका हुन् । सीआइबीले खेल मिलेमतो गरी आर्थिक अनियमितता गरेको आरोपमा मुद्धा अघि बढाएपछि फरार रहँदै आएका एन्फा अध्यक्ष नेम्वाङ र महासचिव किरण राइ आज ललितपुर जिल्ला अदालतमा उपस्थित भएका छन् ।
नेम्वाङ र राइ दुवै जनाले आज अदालतमा उपस्थित भएर बयान दिएका हुन् । बयान लिएपछि उनीहरुलाई हिरासतमा राख्नु पर्ने नपर्ने विषयमा बहस भईरहेको छ ।









प्रतिक्रिया दिनुहोस्