Logo १० कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026


ह्यारी केनले जिते बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई अवार्ड


273
Shares

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यस वर्षको बालोन डी’ओर अवार्ड जितेका छन्। करिअरमा पहिलो पटक यो प्रतिष्ठित व्यक्तिगत अवार्ड जितेका केन २५ वर्षपछि बालोन डी’ओर जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन्।

यसअघि सन् २००१ मा इंग्ल्यान्डका माइकल ओवेनले बालोन डी’ओर जितेका थिए। गत सिजन बायर्न म्युनिखबाट सबै प्रतियोगितामा ५१ खेल खेलेका केनले ६१ गोल गरेका थिए। उनको उत्कृष्ट प्रदर्शनमा बायर्नले घरेलु लिग र कपको उपाधि जितेको थियो।

महिलातर्फ स्पेनकी एलेक्सिया पुटेलासले बालोन डी’ओर जितेकी छन्। युवा खेलाडीतर्फ स्पेनका लामिन यामाल र भिकी लोपेज उत्कृष्ट घोषित भएका छन्।

प्रशिक्षकतर्फ बार्सिलोनाका पेरे रोम्यु र स्पेनका लुइस डे ला फुएन्ते सम्मानित भएका छन्। स्पेनका काताल कोल र उनाइ सिमोन उत्कृष्ट गोलरक्षक घोषित हुँदा इंग्ल्यान्डका बुकायो साकाले सामाजिक तथा मानवीय सेवाका लागि सोक्रेटिस अवार्ड प्राप्त गरेका छन्।

क्लब अफ द इयरको अवार्ड बार्सिलोनाको महिला टोली र पेरिस सेन्ट जर्मेनले जितेका छन्। उत्कृष्ट स्ट्राइकरको अवार्ड भने ह्यारी केन र चार्लिन कोरलले प्राप्त गरेका छन्।

Skip This