Logo ९ कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026


एनपीएल ३ : लुम्विनीको विजयी शुरुवात


0
Shares

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आजदेखि सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज अपरान्ह प्रधानमन्त्ती बालेन्द्र शाहले अम्पायरलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको शुरुवात गर्नुभएको हो ।

प्रधानमन्त्री शाह र शिक्षामन्त्री सस्मित पोखरेलले केही बेर लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको उद्घाटन खेल हेर्नुभएको थियो । उद्घाट्न खेलमा लुम्बिनी लायन्सले शानदार प्रदर्शन गरेको छ । टस जितेर पहिले फिल्डिङ गरेको लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई नौ विकेटले पराजित गर्‍यो । पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १३ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको थियो ।

लुम्बिनी लायन्सले उक्त लक्ष्य नौ ओभर पनि पुरा नहुँदै तीन विकेट गुमाउँदै पुरा गर्‍यो । एनपीएलको यस संस्करणमा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, कर्णाली याक्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज गरी आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्दै{छन् ।

यस पटक विजेताले एक करोड ५० लाख रुपैयाँ, उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको मान्यता पाएपछि प्रतियोगिताले थप उचाई लिएको छ । एनपिएलमा यस पटक डिसिजन रिभ्यु सिस्टम (डी.आर.एस) लागू गरिएको छ । प्रतियोगितामा लिग चरणका २८ सहित प्लेअफ र फाइनल गरी कुल ३२ खेल हुनेछन् भने प्रतियोगिता मंसीर ५ गतेसम्म सञ्चालन हुनेछ ।

Skip This