Logo ९ कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026


जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ


1.4k
Shares

दार्चुला ।

शैल्यशिखर नगरपालिका–९ गाजरी बस्ने ४८ वर्षीय केशव विकको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले केशव समेत ८ जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ७१ हजार ७७५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Skip This