Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


सामसङ र एनसेलको दशैं अफर, ३१ प्रतिशतसम्म लाभ


0
Shares

काठमाडौं । सामसङ नेपाल र एनसेलले दशैंको अवसरमा ग्राहकका लागि विशेष अफर ल्याएका छन्।

एनसेलका ग्राहकले छानिएका सामसङ टिभी, फ्रिज र वासिङ मेसिन खरिदमा थप १२ प्रतिशतसम्म छुट पाउनेछन्। यसबाट कुल अफर लाभ ३१ प्रतिशतसम्म पुग्ने कम्पनीले जनाएको छ।

अफर लिन ग्राहकले एनसेल एपको ‘Partnered Services’ सेक्सनबाट आफ्नो अफर कोड प्राप्त गरी सहभागी सामसङ आधिकारिक डिलरबाट सामान खरिद गर्न सक्नेछन्।

यो अफर २०२६ अक्टोबर ८ देखि नोभेम्बर १६ सम्म लागू हुनेछ।