काठमाडौं । नेकपा संयुक्तका नेता तथा पूर्वसांसद डा. विजय पौडेलको निधन भएको छ । उनको कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा. किरण नकर्मीका अनुसार पौडेललाई अस्पताल पुर्याउँदा नै निधन भइसकेको थियो ।
लामो समय एमालेको राजनीतिमा बिताएका पौडेल माधवकुमार नेपालको समूह अलग भएपछि एकीकृत समाजवादीमा आबद्ध भएका थिए । पछि उनी नेकपा संयुक्तमा सक्रिय भएका थिए ।
पौडेल जनता टेलिभिजनका सञ्चालकसमेत थिए ।









प्रतिक्रिया दिनुहोस्