११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


आफ्नै घरमा सुतिरहेको अवस्थामा १२ वर्षीया बालिका बलात्कृत, आरोपित फरार


0
Shares

पर्वत, असोज १५ । पर्वतको मोदी गाउँपालिका–१ भूक देउरालीमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

भूक देउराली बस्ने २२ वर्षीय सविन छन्त्यालले असोज १३ गते (शनिबार) राति ती बालिकालाई बलात्कार गरेको बताइएको छ । आरोपित छन्त्याल फरार छन् ।

घरमा सुतेकी बालिकालाई छन्त्यालले बलात्कार गरेको भन्दै पीडितका अभिभावकले आइतबार जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएका छन् ।

वैदेशिक रोजगारीका लागि विदेश उड्ने तयारीमा रहेका छन्त्यालको राहदानी रोक्का गरि खोजतलास थालिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

असोज महिना लागेपछि पर्वतमा तीन बालिका बलात्कृत भएका छन् । जलजला गाउँपालिकामा १० वर्षीय बालकबाट ७ वर्षीया बालिका बलात्कृत भएकी थिइन् भने कुस्मा नगरपालिका २ मा पनि १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा २० वर्षीय बिनोद नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।