काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदमा आज नेपालका टेनिस र एथलेटिक्स खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्दैछन्।
टेनिसको महिला डबल्समा शिभाली गुरुङ र स्वस्तिका विष्टको जोडीले पहिलो चरणमा जापानका मोमोको कोबोरी र आयानो शिमिजुको जोडीसँग खेल्दैछ। यसअघि महिला सिंगल्समा शिभाली र स्वस्तिका पहिलो चरणमै पराजित भएका थिए। शिभाली दक्षिण कोरियाली खेलाडीसँग तथा स्वस्तिका जापानी खेलाडीसँग सोझो सेटमा हारेका थिए।
मिक्स्ड डबल्समा पनि शिभाली दोस्रो चरणमा पुग्न सकेकी थिइनन्। पुरुष सिंगल्सको दोस्रो चरणमा आज अभिषेक बास्तोलाले काजकिस्तानका एलेक्सेन्डर सेभचेन्कोसँग प्रतिस्पर्धा गर्नेछन्। अभिषेकले प्रदीप खड्कासँग मिलेर पुरुष डबल्समा भने विजयी सुरुआत गरिसकेका छन्।
एथलेटिक्सतर्फ सन्तोषी श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपानेले महिला ५ हजार मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन्।









प्रतिक्रिया दिनुहोस्