Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


एनपीएलको जोश बढाउँदै एक्सट्रीम: ७ टोली, ७ स्वागत गेट


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ सुरु हुनुअघि नै एक्सट्रीम इनर्जी ड्रिङ्कले प्रतियोगिताको माहोललाई उत्सवमय बनाउन विशेष ‘एक्टिभेसन’ सुरु गरेको छ। एनपीएलमा सहभागी ८ टोलीमध्ये ७ टोलीको प्रायोजक रहेको एक्सट्रीमले कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानबाहिर ७ टोलीलाई समर्पित ७ वटा स्वागत गेट निर्माण गरेको हो।

समर्थकलाई प्रतियोगिता र सम्बन्धित टोलीको उत्साहसँग जोड्ने उद्देश्यले तयार गरिएका गेटमा टोलीको पहिचानसँगै एक्सट्रीमको ब्रान्डिङ प्रस्तुत गरिएको छ। कम्पनीका अनुसार एनपीएल सुरु हुनुअघि नै यस्तो स्तरको एक्टिभेसन सुरु गर्ने एक्सट्रीम पहिलो ब्रान्ड हो।

एक्सट्रीमले काठमाडौं गोर्खाज, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग प्रायोजन साझेदारी गरेको छ।

यससँगै कम्पनीले पोल ब्यानर, होर्डिङ, गेट ब्रान्डिङ तथा टेलिभिजन विज्ञापनमार्फत एनपीएलको प्रचारलाई थप व्यापक बनाएको जनाएको छ। एनपीएल सिजन–३ कार्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।