Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


पहिरोले गोरुसिंगे–सन्धिखर्क सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन प्रहरीको आग्रह


0
Shares

सागर महत, अर्घाखाँची । अविरल वर्षाका कारण अर्घाखाँचीको मुख्य गोरुसिंगे–सन्धिखर्क सडक पहिरोका कारण अवरुद्ध भएको छ।

सन्धिखर्क नगरपालिका–६ रातटारीदेखि घुम्तीसम्म तथा शितगंगा नगरपालिका–१२ स्थित बसेरी जंगललगायतका क्षेत्रमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी फलबहादुर तामाङले जानकारी दिनुभयो।

सडक खुलाउन आवश्यक जनशक्ति परिचालन गरिएको तामाङ्ले बताउनुभयो।

यस्तै, सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत भण्डार नजिकै पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

लगातार वर्षाका कारण सडकखण्डमा थप पहिरोको जोखिम रहेकाले अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

Skip This