Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


वर्षाका कारण सिद्धिचरण लोकमार्ग अवरुद्ध


104
Shares

ओखलढुंगा। लगातार भइरहेको वर्षाका कारण ओखलढुंगाको सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ।

मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सीमामा पर्ने भँडारे खोलामा सडक माथिबाट लेदोसहितको बाढी आएपछि सडक अवरुद्ध भएको हो। बाढीले सडकको भाग कटान गर्दा करिब १५ मिटर सडकमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

सडक खुलाउन डिभिजन सडक कार्यालय हर्कपुरसँग समन्वय गरी काम अघि बढाइएको प्रहरीले जनाएको छ। बिहान ७ः४५ बजेदेखि सडक खुलाउने प्रयास गरिए पनि हालसम्म आवागमन सञ्चालन हुन सकेको छैन।

सडक अवरुद्ध भएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा ठप्प रहेको प्रहरीले जनाएको छ।