Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


तेन्जिङले दिलाए २० औं एशियाली खेलकुदको पहिलो पदक


182
Shares

काठमाडाैं ।
नेपालका लागि करातेका ले जापानमा भएको २० औं एशियाली खेलकुद एसियाली खेलकुदमा देशलाई पहिलो पदक दिलाएका छन् ।

टोयोहासी जिम्नेसियममा बुधवार भएको कुमुते ८४ केजी तौलसमूहमा काँस्य पदकको लागि तेन्जिङले लाओसका सायासान भथानालाई ९–१ ले हराए । यस क्रममा तेन्जिङले युकोबाट ६ र इप्पोनबाट ३ स्कोर गरे । छायासानले एउटा युको प्रहार गरे ।

जारी एसियाली खेलकुदमा करातेको यो अन्तिम प्रतिष्पर्धा हो । करातेमा कुल ७ पदकका लागि नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए । कातामा दुई तथा कुमुतेमा पाँच इभेन्टमा नेपालले प्रतिष्पर्धा गरेको हो । तीमध्ये पाँच विधामा नेपाली करातेले पदकका लागि प्रतिस्पर्धा गरेको थियो । तीमध्ये तेन्जिङले सफलता पाए ।

२३ वर्षे तेन्जिङले हान्सोकु (फउल) का आधारमा मकाउका ओन टेक लियोङलाई सेमिफाइनलमा स्थान बनाएका थिए । सेमिफाइनलमा उनी इरानी खेलाडी महमुद नेमातीसँग ५–० ले पराजित हुन पुगे । एशियाली खेलकुदमा नेपालका लागि समग्रमा तीन रजत र २४ कांस्य गरी कुल २७ पदक हो । नेपाली करातेले भने पाँच पदक जितेको छ ।