काठमाडाैं । जापानमा जारी २०औं एशियन गेम्समा भारतले पहिलो स्वर्ण जितेको छ।
इची–नागोयामा मंगलबार राति भएकाे फाइनल खेलमा भारतले महिला क्रिकेटबाट पहिलो स्वर्ण जित्न सफल भएको हो । भारतले श्रीलंकालाई १ सय ४७ रनको विशाल जितसहित स्वर्ण जितेको हो। पहिला ब्याटिङ गरेको भारतले स्मृति मन्धनाको ७९ रन, शाफाली बर्माको ४८ रन र रिचा घोषको ४९ रनको मद्दतमा ३ विकेटको क्षतिमा २ सय १६ रन बनाएको थियो ।
२ सय १७ रनको लक्ष्य पछ्याएको श्रीलंका ६९ रनमै अलआउट भएकाे छ। श्रीलंकाका लागि चमरी अथापट्टुले २९ रन बनाउँदा अरु ब्याटर सस्तैमा आउट भए । बलिङमा भारतका दिप्ती शर्माले ३ विकेट लिएकी हुन् । शेफाली, श्रेयंका पाटिल र श्री चारानीले २-२ विकेट लिएका थिए ।
श्रीलंका भने रजतमा सीमित बनेकाे छ। जारी एशियन गेम्समा श्रीलंकाको यो नै पहिलो पदक हो। भारतले १ स्वर्ण, ४ रजत र २ कास्य गरी ७ पदक जितिसकेको छ ।










प्रतिक्रिया दिनुहोस्