काठमाडाैं । सुनसरीको देवानगञ्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ।
देवानगञ्ज गाउँपालिका-१ मध्यहर्षाहीमा रहेकाे वीपी चोकमा गत शनिबार राति गोली प्रहारबाट घाइते भएका यादवको विराटनगरमा रहेकाे नाेबेल शिक्षण अस्पतालमा उपचार भइरहेको हाे। उनको आइतबार शल्यक्रिया गरी गोली निकालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ।
यादवको कम्मरमुनिको दायाँ तिघ्रामा गोली लागेको हाे । यादव हरिनगर बजारबाट मोटरसाइकलमा घर फर्किने क्रममा लक्ष्मीनारायण मन्दिर अगाडि गोली प्रहारबाट घाइते भएका थिए। घटनापछि प्रहरीले देवानगञ्ज गाउँपालिका-२ का १८ वर्षीय विष्णुकुमार यादव र २६ वर्षीय जयकृष्ण यादवलाई पक्राउ गरेको थियो । साेही घटनामा संलग्न अअरू व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएकाे छ।
प्रहरीले युवतीको विषयलाई लिएर युवाबीच भएको विवादबाट उत्पन्न रिसइबीका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएकाे छ।









प्रतिक्रिया दिनुहोस्