Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


सुनसरीमा रूख ढलेर च्यापिंदा एक महिलाको निधन


130
Shares

काठमाडाैं । सुनसरीकाे बर्जु गाउँपालिकामा रुख ढलेर च्यापिँदा एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले मृत्यु हुनेमा बर्जु गाउँपालिका-६ चिमडीकी ३८ वर्षीया सीता यादव रहेको जनाएकाे हाे ।आइतबार दिउँसो बर्जु ताल क्षेत्रमा गाईवस्तुका लागि घाँस काट्न जाँदा अचानक हावाहुरी चलेपछि नजिकै रहेको सिमलको रुख ढलेको थियाे।

रुखले च्याप्दा यादव घाइते भएकी थिइन् । उनको उपचारका क्रममा बूढीगंगास्थित विराट शिक्षण अस्पताल मृत्यु भएको प्रहरीले जनाएकाे छ।