Logo ३१ भाद्र २०८३, बुधबार | Wed Sep 16 2026


खोटाङमा प्रहरीले बरामत गरेको १३ सय १५ केजी गाँजा नष्ट


130
Shares

सविना अछामे, खोटाङ । खोटाङमा प्रहरीले बरामत गरेको १३ सय १५ केजी गाँजा नष्ट गरेकाे छ

गत साउन २२ गते बरामत गरेको गाँजा भदौ ३१ गते नष्ट गरेको हो ।

प्रहरीले सूचनाको आधारमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाडाँको वालिङस्थित मध्यपहाडी लोकमार्गको जङ्गलमा प्रदेश १–०२–००२ ख ००८३ नम्बरको ट्रक सहित साउन २२ गते नियन्त्रणमा लिएकाे थियाे ।

गाडी धनी पक्राउ परेका छन् । गाँजा धनी र ड्राइभर पक्राउ पर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी निराजन बस्नेतले बताए । पक्राउ पर्नेको नाम खुलाइएको छैन ।