काठमाडौं । मुगुको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार दुई पटक भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बुधबार बिहान १ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ म्याग्निच्युडको पहिलो भूकम्प गएको जनाएकाे हाे। त्यसैगरी बुधबार बिहान ४ बजेर २८ मिनेट जाँदा मुगुकै कलाई वरपर केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्यूडको दोस्रो भूकम्प गएको केन्द्रले जानकारी गराएकाे छ।
यसअघि यहि भदौ २६ गते जाजरकोट जिल्लाको कालसेनी वरपर केन्द्रबिन्दु भएर ४ दशमलव १ म्याग्निच्यूडको भूकम्प गएको थियो।









प्रतिक्रिया दिनुहोस्