Logo ३१ भाद्र २०८३, बुधबार | Wed Sep 16 2026


पेट्रोलियम पदार्थको मूल्य समायोजन नहुँदा निगमलाई पाक्षिक १ अर्ब ९१ करोड बढी घाटा


325
Shares

काठमाडौं । नेपाल आयल निगमले १५ दिनमा एक अर्ब भन्दा बढी घाटा हुने देखिएको बताएको छ।

निगमले अन्तर्राष्ट्रिय बजार अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन नहुँदा पाक्षिक १ अर्ब ९१ करोड ६९ लाख घाटा हुने देखिएको जनाएको हाे। इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलमा प्रतिलिटर १२ रूपैयाँ ४० पैसा बढेर आए पनि निमगले मूल्य यथावत राखेको छ।

त्यस्तै, डिजेलमा पनि चार रूपैयाँ ६८ पैसा प्रतिलिटर बढ्दा मूल्य यथावत् राखिएको हो । भोटेकोशी बाढीमा आएको असाधारण बाढीका कारण सिर्जिन परिस्थितिलाई मध्यनजर गर्दै सञ्चालक समितिको निर्णय अनुसार साबिकको खुद्रा विक्री मूल्यलाई नै यथावत राखिएको निगमले जानकारी दिएकाे छ।

पेट्रोल पहिलो वर्गका लागि १ सय ९७ रूपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १ सय ९९ रूपैयाँ र तेस्रो वर्गका लागि २ सय रूपैयाँ तोकिएको थियो । सोही अनुसार हाल पनि विक्री हुने छ । त्यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पनि पेट्रोल समान नै रहेको हाे । हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर २ सय ४९ रूपैयाँ तोकिएको छ।

निगमले एलपी ग्यासको मूल्य उद्योगदेखि ५० किलोमिटर दुरीका लागि २ हजार ६० रूपैयाँ तोकेको जनाएकाे हाे।