जीवन खड्का-संवाददाता
रुकुम पश्चिम। रूकुम पश्चिमकाे सानीभेरी गाउँपालिका-६ कोटगाउँबाट सिम्ली बजारतर्फ आउँदै गरेको बोलेरो जिप दुर्घटना भएकाे छ।
आइतबार बिहान साढे ८ बजे सोही पालिका-६ र ३ को सीमानामा पर्ने डाँगडुङ्गी मोडमा जिप दुर्घटना परी हुँदा २ जनाको मृत्यु भएकाे हाे। दुर्घटनामा स्थानीयले ४ जनाको मृत्यु भएको बताए पनि प्रहरीले घटनासथलमा पुगेपछि २ जनाको मृत्यु भएकाे जानकारी दिएकाे हाे। दुर्घटनामा परी १० जना गम्भीर घाइते भएको पनि प्रहरीले जनाएको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।
घाइतेहरुको उद्दारको लागि नेपाली सेनाको हेलिकाेप्टर ल्याउन सानीभेरी गाँउपालिकाले जिल्ला प्रशासन कार्यालयलाई र जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गरिसकेकाे जनाइएकाे हाे।
यस अघि प्रकाशित भएकाे समाचारमा अन्यथा भएकाेमा पुन: सच्याइएकाे छ।









प्रतिक्रिया दिनुहोस्