काठमाडौं । थकाली कल्याण समाज यूकेले रसुवाका बाढीपीडितहरूको राहत तथा सहयोगका लागि १७ लाख ५७ हजार ३ सय ४५ रुपैयाँ संकलन गरेको छ।
समाजका अनुसार संकलित रकममध्ये १० लाख रुपैयाँ माननीय मन्त्री महावीर पुनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको छ। बाँकी ७ लाख ५७ हजार ३ सय ४५ रुपैयाँ थकाली कल्याण समाजको केन्द्रीय समिति, काठमाडौंमार्फत रसुवाका बाढीपीडितको राहत तथा सहयोगका लागि उपलब्ध गराइएको हो।
राहत रकम थकाली कल्याण समाज यूकेका उपाध्यक्ष केशर शेरचन, सल्लाहकार टंका तुलाचन तथा सदस्य नगेन्द्र गौचनको उपस्थितिमा हस्तान्तरण गरिएको समाजले जनाएको छ।
समाजले राहत अभियानमा सहयोग तथा योगदान गर्ने सम्पूर्ण दाताहरूप्रति आभार व्यक्त गर्दै संकलित रकमले रसुवाका बाढीपीडित परिवारलाई राहत पुर्याउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।









प्रतिक्रिया दिनुहोस्