Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


सडकमै प्रसूति घटना: गजेन्द्रनारायण अस्पतालका ६ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाइयो


0
Shares

काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका ६ जना कर्मचारीलाई कामकाजबाट हटाइएको छ।

बुधबार राति प्रसूति गराउन आफ्ना श्रीमान हरेराम पासवानसँगै अस्पताल पुगेकी बबिता पासवानले बिहीबार बिहान सडकमै बच्चा जन्माएकी थिइन् । रगत परीक्षणका लागि पैसा अपुग हुँदा आफूहरू अस्पतालबाट बाहिरिनुपरेको परिवारको जिकिर छ। यता अस्पताल प्रशासनले भने उक्त दावी सही नभएको जनाएकाे हाे।

उक्त प्रकरणपछि अस्पताल प्रशासनले चिकित्सकसहित ६ जना कर्मचारीलाई कामकाजबाट हटाएको छ। डा. उषा देव, स्टाफ नर्स अनिता कुमारी साह र सजन चौधरी, कार्यालय सहयोगी रेणु ठाकुर, स्वीपर केष्णा मेहतर र सुरक्षा गार्ड देवकान्त झालाई कामकाजबाट हटाइएको अस्पतालले जनाएकाे हाे ।

गठन भएका विभिन्न समितिहरूको अन्तिम प्रतिवेदन प्राप्त नभई अर्को व्यवस्था नभएसम्मका लागि उनीहरूलाई कामकाजबाट हटाइएको अस्पतालले जानकारी गराएकाे छ।