Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न भगीरथ प्रयास गरिरहेको अर्थमन्त्री वाग्लेकाे दावी

लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत सुधारको काम गरिरहेकाे उल्लेख

65
Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई जोखिमपूर्ण मुलुकको सूची (ग्रे लिस्ट) बाहिर निकाल्न सरकारले भगीरथ प्रयास गरिरहेको बताउनुभएको छ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८ औं साधारण सभालाई सम्बाेधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाललाई ग्रे लिष्टबाट चाँडो भन्दा चाँडो बाहिर निकाल्नको लागि अन्तर्राष्ट्रिय समूदायमा समेत पहल भइरहेको बताउनुभयो । उहाँले सरकारले आफ्नो पक्षलाई बलियो ढङ्गले प्रस्तुत गर्न राष्ट्र बैंकका डेपुटी गभर्नर, महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायाधिवक्तासहित ५–६ जनाको टोली नै परिचालन गरिएको पनि बताउनुभएकाे छ।

उक्त टोली हाल मलेसियामा रहेर काम गरिरहेको अर्थमन्त्री वाग्लेले बताउनुभयाे। उहाँले एफएटीएफकै विषयमा अमेरिकी अर्थमन्त्रीसँग आफूले भेट गर्ने प्रयास गरिरहेको समेत बताउनुभएकाे छ। नेपाल ग्रे लिस्टबाट समयमै बाहिरिन नसके त्यसको प्रत्यक्ष असर नेपालको अन्तर्राष्ट्रिय वित्तीय विश्वसनीयता, करेस्पोन्डेन्ट बैंकिङ, लगानी वातावरण र पूँजी प्रवाहमा समेत पर्ने भएको कारण सरकार गम्भीर भएर काम गरिरहेको उहाँले दावी गर्नुभयाे।

अर्थमन्त्री वाग्लेले ग्रे लिष्टबाट बाहिर निस्कन सरकारले चालिरहेको कदमकाे बारेमा अफवाह फैल्याउने कार्य भइरहेको पनि बताउनुभएकाे छ। उहाँले प्राकृतिक विपद्बाट भएको क्षति तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनमा समेत सरकार केन्द्रित रहेको बताउनुभयो । पुनर्निर्माणलाई पुरानै संरचना पुनःनिर्माण गर्ने अवसरका रूपमा मात्र नभई जलवायु उत्थानशील पूर्वाधार निर्माण गर्ने अवसरका रूपमा उपयोग गर्ने सरकारको नीति रहेको उहाँको भनाइ छ ।

अर्थमन्त्री वाग्लेले मुलुकको आर्थिक समृद्धिका लागि सरकार नीजि क्षेत्रलाई सँगै लिएर काम गर्न खोजिरहेको बताउनुभयो । उहाँले लगानीमैत्री वातावरण निर्माण गर्न आफूले अर्थमन्त्री भएकै दिनदेखि नीतिगत सुधारको काममा लागिपरेको समेत बताउनुभएकाे छ।

Skip This