Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


२५औं आहा रारा पोखरा गोल्डकपबाट ३ लाख २१ हजार बचत

प्रतियोगिता सञ्चालनमा १ करोड ३० लाख रूपैयाँ बढी खर्च

26
Shares

काठमाडाैं । सहारा क्लब पोखराले आयोजना गरेको २५औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताबाट ३ लाख २१ हजार ८ सय ३९ रुपैयाँ बचत भएको छ।

क्लबका अध्यक्ष केशव थापाले शुक्रबार आयाजना गरिएकाे पत्रकार सम्मेलनमा प्रतियोगिता सञ्चालनमा १ करोड ३० लाख एक हजार ६ सय ४६ रुपैयाँ खर्च भएको जानकारी दिएका हुन् । प्रतियोगिताबाट १ करोड ३३ लाख २३ हजार ४ सय ८५ रुपैयाँ ३७ पैसा आम्दानी भएको पनि बताएकाे छ ।

प्रतियोगितामा टिकट शुल्कबाट ८ लाख रुपैयाँ संकलन भएको हाे ।अध्यक्ष थापाले प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिबाट ३० लाख प्राप्त भएको बताएका छन् । पोखराको खेलकुद विकास, फुटबल प्रतिभाको पहिचान तथा ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटनको सहरका रूपमा स्थापित गरौं’ भन्ने मूल नाराका साथ प्रतियोगिताको २०८२ फागुनमा सम्पन्न भएको थियो ।

प्रतियोगिताबाट बचत भएको रकम पोखरा महानगरपालिका-१७, दोबिल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीमा आश्रित कठिन परिस्थिति तथा विपन्न वर्गका बालकहरूको निःशुल्क आवास, शिक्षा, स्वास्थ्य तथा फुटबल प्रशिक्षणमा खर्च गरिने क्लबले जनाएको छ।

Skip This