काठमाडौं । अविरल वर्षासँगै रसुवा र नुवाकोटसहित देशका ४६ जिल्लामा शुक्रबार पनि आकस्मिक बाढीको जोखिमको पूर्वानुमान गरिएकाे छ ।
बाढी पूर्वानुमान महाशाखाले कतिपय साना-ठूला नदीमा पानीको बहाव उल्लेख्य रुपमा बढ्ने सम्भावना रहेको जनाएको हाे।शुक्रबार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, मकवानपुर, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, गुल्मी, बागलुङ, म्याग्दी, मुगु, जुम्ला, कालीकोट, बाजुरा, हुम्ला, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव उल्लेख्य रुपमा बढ्ने पूर्वानुमान गरिएकाे छ।
साेही जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको हाे। महाशाखाले देशका केही ठूला नदीमा पनि बहाव उल्लेख्य रुपमा बढ्ने पूर्वानुमान गरेकाे छ।










प्रतिक्रिया दिनुहोस्