Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


देवीघाटकाे तादी खोलाको पुलमा सवारी साधन सञ्चालन


130
Shares

काठमाडाैं । नेपाली सेनाले रसुवाकाे भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटको तादी खोलाको पुल बगाएपछि ५ दिनमै नयाँ पुल बनाएको छ।

यहि भदौ २० गतेदेखि निर्माण शुरु गरिएको पुलमा बिहीबार रातिदेखि सबै प्रकारका गाडी सञ्चालन हुन थालेका हुन्। सेनाको १४ नम्बर बाहिनी अन्तर्गतको ब्रिजिङ युनिटले ७२ घण्टा भन्दा कम कार्यअवधिमा पुल तयार पारेको जनाएको छ।

पुलको भारवहन क्षमता ६० टन रहेको छ । पुल सञ्चालनमा आएपछि विदुर, बेलकोटगढी हुँदै धादिङ र रसुवागढीसँगको सडक सम्पर्क पुनः जोडिएको हाे। पुल नहुँदा घुमाउरो बाटोबाट यात्रा गर्नुपर्ने स्थानीयलाई अहिले आवतजावत सहज भएको छ ।

सेनाले गजुरीमा भण्डारण गरेर राखेको रणनीतिक जगेडा एक्रोब्रिज देवीघाटमा ल्याएर जडान गरेको हो ।

Skip This