Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


रसुवा बाढीले थुपारेको भग्नावशेष हटाउन ९५ अर्ब ४२ करोड रूपैयाँ खर्च लाग्ने अनुमान


702
Shares

काठमाडौं । रसुवाकाे भोटेकोशी नदीमा आएकाे बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका भग्नावशेष हटाउनका लागि मात्रै ९५ अर्ब ४२ करोड खर्च लाग्ने अनुमान गरिएको छ।

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘द्रुत क्षति र आवश्यक मूल्यांकन (आरडिएनए) प्रतिवेदन’ मा तत्काल र दीर्घकालीन पुनः स्थापनाका लागि उक्त खर्च लाग्ने उल्लेख गरिएकाे हाे। प्रतिवेदनमा ‘क्रस कटिङ’ क्षेत्रअन्तर्गत भत्किएका भवनका संरचना हटाउन, विपद् जोखिम न्यूनीकरण र समावेशी पुनः स्थापनाका लागि उक्त रकम खर्च हुने अनुमान छ।

ढीका कारण ४८ अर्ब २४ करोड बराबरको भत्किएका भवनका संरचना थुप्रिएको हाे । त्यसमा करिब दुई अर्बको माटोको थुप्रो छ । यो हटाउनका लागि मात्रै ३० करोड भन्दा बढी खर्च लाग्ने अनुमान गरिएकाे हाे। त्यसैगरी, विपद् जोखिम न्यूनीकरणका लागि तत्कालै ३५ करोड र दीर्घकालका लागि ९४ करोड ४० लाख गरी र९४ करोड ७५ लाख बराबर खर्च हुने अनुमान छ ।

त्यसमा जलमार्गमा रहेको भग्नावशेष हटाउने, नदी व्यवस्थापन तथा बस्ती संरक्षण, कमाण्ड क्षेत्र विकास, उच्च नदी किनाराको कटान तथा पहिरो नियन्त्रण, सिँचाइ प्रणाली पुनः स्थापना तथा बहुविपद् पूर्वसूचना प्रणाली लगायतको विकासका लागि उक्त खर्च लाग्ने प्राधिकरणले जनाएकाे हाे।

Skip This