Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


विदेशी विज्ञहरूद्वारा जलविद्युत आयोजनाका सुरूङमा फसेका व्यक्तिको खोजी कार्य जारी


130
Shares

काठमाडौं । यहि भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङ र हेडवक्र्समा फसेकाहरूको खोजी कार्य जारी रहेकाे छ।

नेपाली सुरक्षाकर्मीसहित भारत, चीन र दक्षिण कोरियासहितका देशबाट आएका विज्ञहरुले खोजी कार्यलाई तीव्रता दिएका हुन् । माथिल्लो त्रिशूली–१, चिलिमे, त्रिशूली थ्री ‘बी’ र लाङटाङ खोला जलविद्युत आयोजनाबाट सम्पर्कविहीन भएकाहरूको खोजी कार्य जारी रहेकाे छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले बिहीबार माथिल्लो त्रिशूली- १ मा थप एक जना शव फेला परेको जनाउकाे छ। तयस्तै, चिलिमे जलविद्युत केन्द्रको सुरुङभित्र केही ग्याप देखिएको र आवाज दिँदा इको आएको उद्धार टोलीले जनाएको हाे। त्रिशुली-३ ‘बी’ जलविद्युत आयोजनाको आवास तथा कार्यालय भवन रहेको क्षेत्रमा उत्खनन् गर्दा अहिलेसम्म केही फेला पर्न नसकेको इप्पानले जनाएकाे छ।

भोटेकोशी बाढीले ११ जलविद्युत आयोजनामा क्षति क्षति पुर्याएको र अझै ९ सय भन्दा बढी सम्पर्कविहीन रहेकाे जनाइएकाे छ।

Skip This