Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


जलवायु न्यायको माग गर्दै जेनजी नागरिक अभियानको प्रदर्शन


65
Shares

काठमाडौं। जलवायु परिवर्तनबाट नेपालमा परेको असरप्रति सरकारको ध्यानाकर्षण गराउँदै राष्ट्रिय जेनजी नागरिक अभियानले काठमाडौँमा प्रदर्शन गरेको छ।

आज माइतीघर मण्डलामा भेला भएका अभियानमा आबद्ध युवाहरूले विभिन्न सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै जलवायु न्यायको माग गरेका हुन्।

नेपाल जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावमा परिरहेको उल्लेख गर्दै उनीहरूले जलवायुजन्य विपद्बाट भएको क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने मागसमेत अघि सारेका छन्।

गत भदौ १० गते चीनको तिब्बत क्षेत्र हुँदै नेपालमा आएको विनाशकारी बाढीले ठूलो क्षति पुर्‍याएको स्मरण गराउँदै प्रदर्शनकारीहरूले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर भने गम्भीर रूपमा भोग्नुपरेको बताएका छन्।

Skip This