Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


प्रिमियर कप : नेपालको शानदार जीत


468
Shares

काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनलमा नेपालले ओमान विरुद्ध शानदार जित हासिल गरेको छ ।

नेपालले ओमानलाई ८७ रनले पराजित गरेको हो । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमा अलआउट भएको हो । ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक २५ रन बनाए ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३–३ विकेट लिए भने रोहित पौडेल र ललित राजवंशीले २–२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएको थियो ।

दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए भने बसिर अहमदले ४७ रन बनाए । देव खनालले १३ र आसिफ शेखले ११ रन बनाए । अन्य ब्याटरहरुले दोहोरो अंकको रन बनाउन सकेनन् ।

ओमानका लागि जय ओडेडराले ३ विकेट लिए भने हस्नैन शाहले ३ विकेट लिए । मुहम्मद इमरानले २ विकेट लिँदा शकील अहमद र मुजिबुर अलीले १–१ विकेट लिए । नेपालले अब उपाधिका लागि आगामी शनिबार यूएईसँग खेल्नेछ । उपाधी जित्न सके नेपाल एसिया कपमा छनोट हुनेछ ।

Skip This