Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


विपद् प्रतिकार्यमा विपक्षी दलहरु सरकारसँगै छौँः एमाले सचिव अर्याल


0
Shares

काठमाडौं । नेकपा (एमाले)की सचिव पद्मा अर्यालले विपद्को समयमा सबै राजनीतिक स्वार्थभन्दा माथि उठेर विपद् प्रतिकार्यमा जुट्नुपर्ने बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा नेपाली काँग्रेसले आह्वान गरेको विपक्षी दलहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत वितरण कार्यमा विपक्षी दलहरु सरकारको साथमा रहेको पनि बताउनुभयो । उहाँले विपद् प्रतिकार्यको पहिलो चरणको काम सम्पन्न भइसकेपछि मात्र राजनीतिक एजेण्डा अगाडि बढाउने विषयमा पनि बैठकमा छलफल भएको बताउनुभयो । उहाँले सिंगो मुलुक नै विपत्तीमा परेको समयमा दलहरुका राजनीतिक मुद्दाहरु गौण हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले यति ठूलो विपत्तीको सामना गरिरहेको बेला हामीले आफ्ना राजनीतिक स्वार्थहरु एकातिर पन्छ्याएर हामी सबै एकाकार भएर विपत्तीको सामना गर्ने, विपद्मा परेमा नागरिकलाई राहत, उद्धारका काम लाग्ने कुरा भइ नै हाल्यो । सरकारले गरिरहेका हरेक कदममा साथमै रहेका पनि छौँ । विपद्को पहिलो चरणको कामहरु सकिसकेपछि हामी हाम्रा राजनीतिक एजेण्डाहरुलाई पनि अगाडि बढाउँछौँ । आजको दिनमा हाम्रो राजनीतिक एजेण्डा गौण छ । आजमा मुलुकमा विपद्कमो कारण नागरिकले भोगिरहेको अफ्ठ्यारो राजनीतिक कुरा गरेका छैनौँ । विपद् प्रतिकार्यका कामलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्न् विषयमा नै छलफल भयो । ’

१० भदोमा रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा आएको बाढीले ठूलो धनजनको क्षति गरेको छ ।