Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


नेपाल भलिबल लिगमा काठमाडाैं रेड्सकाे कर्णाली शिवराजमाथि सहज जित

एनभीएलमा आज लिग चरणका अन्तिम ३ खेल हुँदै

130
Shares

काठमाडाैं। नेपाल भलिबल लिग (एनभीएल) मा काठमाडाें रेड्सले लगातार ३ खेल जितेको कर्णाली शिवराजलाई ३-१ ले पराजित गर्दै महत्त्वपूर्ण जित निकालेको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल त्रिपुरेश्वरमा बुधबार राति सम्पन्न भएकाे खेलमा कर्णालीले पहिलो हार बेहोरेको हाे । काठमाडाैंको यो तेस्रो जित हो। उसले प्लेअफको सम्भावनालाई बलियो बनाएको छ । कर्णाली र काठमाण्डौले समान ४ खेलबाट समान ८ अंक जोडेका हुन् । बुधबारै भएको खेलमा खप्तड फाल्कन्स एनभीएलको प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ ।

साथै एनभीएलमा बिहीबार लिग चरणका अन्तिम ३ खेल हुने भएका छन् । पहिलो खेल अन्नपूर्ण-सगरमाथाबीच बिहीबार दिउँसो १ बजे, दोस्रो खेलमा कर्णाली-मधेशबीच दिउँसो ४ बजे, तेस्रो खेल राति ७ बजेदेखि काठमाडाैं र खप्तडबीच प्रतिस्पर्धा हुने भएकाे हाे। प्रतियोगितामा ६ टोलीकाे सहभागी रहेकाे हाे।