Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ : शशांक कोईराला


0
Shares

काठमाडाैं ।

नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै एकतावद्ध भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आगामी महाधिवेशन शेरबहादुर देउवाको नेतृत्वमा हुने उल्लेख गर्दै महाधिवेशनलाई सफल बनाउनु नै काँग्रेस, राष्ट्र, लोकतन्त्र र संविधानको सफलता भएको बताउनुभएको हो ।

कोईरालाले पार्टी अहिले अप्ठ्यारो अवस्थामा रहेको र विभाजनको सम्भावनासमेत देखिएको उल्लेख गर्नुभयो । तर सबैलाई एकजुट बनाएर अघि बढ्नु नै पार्टीको हितमा हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘पार्टीलाई एकजुट पारौँ । आउँदो अधिवेशनमा शेरबहादुरको नेतृत्वमा अधिवेशन हुन्छ । यो अधिवेशनलाई सफल पारौँ । यो सफलता नै नेपाली काँग्रेसको सफलता हो र राष्ट्रको सफलता हो । लोकतन्त्रको सफलता हो । हामीले बनाएको संविधानको सफलता हो । पार्टी टुक्रिने पनि हो कि भन्ने सम्भावना देखिरहेको छु । तर हाम्रो प्रयास रहन्छ कि उनीहरूलाई एकजुट पारेर हामी अगाडि जाऔँ । यसैमा हाम्रो भलाई छ ।’
पार्टीभित्रको अवस्थाप्रति भने उहाँले चिन्ता व्यक्त गर्नुभयो ।