काठमाडाैं । पृथ्वी राजमार्गको कृष्णभीर लगायत स्थानमा सडक भासिएर अवरुद्ध बनेपछि भरतपुर-काठमाडौं हवाई यात्रुको चाप बढेको छ।
यात्रुको चाप बढेसँगै भरतपुरबाट उडान दोब्बर भन्दा बढी गरिएको हाे । भरतपुरबाट काठमाडौंका लागि बुद्ध एयरको मात्रै जहाज सञ्चालन हुँदै आएका छन् । बुद्ध एयर भरतपुर कार्यालयले सामान्य अवस्थामा भरतपुरबाट काठमाडौंका लागि दैनिक पाँच उडान हुँदै आएकोमा सडक असहज बनेसँगै संख्या बढाएर ११ वटासम्म पुर्याएको जनाएकाे हाे।
कार्यालयले दैनिक उडान आवश्यकता अनुसार ९ देखि ११ सम्म पुर्याइएको जानकारी दिएकाे छ। भरतपुरबाट काठमाडौं आवतजावत गर्ने ‘एटीआर ७२’ जहाज हो । जसले काठमाडौंबाट आउँदा ६५ देखि ७० र यहाँबाट काठमाडौं जाँदा ५० जना यात्रु ओसार्ने गर्छ ।
कार्यालयले क्षमता ७२ जनाको भए पनि धावन मार्ग छोटो भएका कारण क्षमता अनुसारको यात्रु ओसार्न नसक्ने जनाएकाे हाे।









प्रतिक्रिया दिनुहोस्