Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


पृथ्वी राजमार्गको परेवा भीरमा सडक मर्मत कार्य जारी

सडक आजै साँझसम्म सञ्चालनमा ल्याउने विभागको तयारी

715
Shares

काठमाडाैं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको फुर्के खोला र मलेखुकोबीचमा पर्ने परेवा भीरमा अवरुद्ध सडक पुनः सञ्चालनका लागि मर्मत कार्यलाई तीब्रता दिइएको छ ।

यहि भदौ १० गते र त्यसपछिको त्रिशूली नदीको बाढीका कारण सडकको एक हिस्सा भासिएपछि उक्त खण्डमा यातायात सेवा प्रभावित हुँदै आएको थियो । सडक विभागले हाल उक्त स्थानमा सडकको ग्रेड मिलाउने तथा सतह सम्याउने कार्य प्राविधिक टोली गरिरहेकाे जनाएकाे छ। नदीको कटान र सडक भासिएका कारण जोखिमपूर्ण बनेको यस खण्डलाई सुरक्षित रूपमा सञ्चालनमा ल्याउन आवश्यक पूर्वाधार निर्माण र मर्मतलाई प्राथमिकतामा राखिएको हाे।

मौसम अनुकूल रहेमा आइतबार साँझसम्म सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने विभागको तयारी छ। देशको मुख्य जीवनरेखा मानिने पृथ्वी राजमार्गको यो खण्ड अवरुद्ध हुँदा यात्रुहरूले निकै सास्ती खेप्नु परिरहेको हाे। सडक मर्मत सम्पन्न भई यातायात पुनः शुरु भएमा यस क्षेत्रको सवारी चाप कम हुने र आवागमन सहज हुने विश्वास लिइएको छ ।

Skip This