Logo २१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026


साउदी प्रो लिगमा अल इत्तिहादकाे नासरमाथि सहज जित


1.3k
Shares

काठमाडौं । साउदी प्रो लिगमा अल इत्तिहादले अल नासरलाई पराजित गरेकाे छ।

किंग अब्दुल्लाह स्पोर्ट्स सिटीमा शनिबार राति भएकाे खेलमा अल इत्तिहादले नासरलाई २-१ गाेलले पराजित गरेकाे हाे। घरेलु टोली इत्तिहादलाई जित दिलाउन दुवै गोल जर्ज इलेनिखेनाले गरेका थिए । नासरका लागि एन्जेलो गाब्रियलले गोल फर्काएका हुन्।

खेलको चौथो मिनेटमै इलेनिखेलाको गोलमार्फत इत्तिहादले अग्रता लिएको थियो । २२औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाएका हुन्। गाब्रियलले ३६औँ मिनेटमा गोल गर्दै नासरलाई खेलमा फर्काउन संकेत दिएका थिए । तर, त्यसपछि थप गोल निस्कन नसक्दा खेल २-१ को स्थितिमा सकियो ।

तेस्रो जितसँगै पाँच खेलमा ११ अंक जोडेको इत्तिहाद चौथो स्थानमा रहेकाे छ । पहिलो हार व्यहोरेको नासर समान खेलबाट १२ अंकका साथ दोस्रो स्थानमा रहेकाे हाे।