काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेना जस्तो गरिमामय संस्था राजनीतिक विवादमा मुछिनु दुःखद् भएको बताउनुभएको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार रसुवाका बाढी-पीडितका लागि राहत सामग्री हस्तान्तरण गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले राष्ट्रिय सुरक्षाको सुदृढ र विश्वसनीय संस्थाका रूपमा रहेको नेपाली सेना सधैं निष्कलंकित र निर्विवाद रहनुपर्नेमा जोड दिनुभयो ।
विपद् व्यवस्थापनका सन्दर्भमा बोल्दै अध्यक्ष ओलीले सेनाको पछिल्लो सक्रियता र समयसन्दर्भमाथि समेत प्रश्न उठाउनुभएकाे छ। राहत र उद्धारको नाममा सेनाको उपस्थितिको प्रभावकारिता स्पष्ट नभएको टिप्पणी गर्दै उहाँले अहिलेको मुख्य प्राथमिकता राहत र पुनःस्थापना नै हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले राहत र उद्धारसँगै पुनर्निर्माणको कामलाई पनि समान्तर रूपमा अगाडि बढाउनुपर्ने उल्लेख गर्नुभएकाे छ। रसुवाका बाढी र पहिरो प्रभावितका लागि सहयोग पुर्याउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा उहाँले प्राप्त राहत सामग्री हस्तान्तरण गर्नुभएको थियो ।









प्रतिक्रिया दिनुहोस्