Logo २० भाद्र २०८३, शनिबार | Sat Sep 5 2026


धादिङ र चितवनसहित देशका ४२ जिल्ला आकस्मिक बाढीको जोखिममा


975
Shares

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले शुक्रबार धादिङ र चितवनसहित देशका ४२ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको जनाएकाे छ।

महाशाखाले शुक्रबार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, नवलपरासीपूर्व, नवलपरासीश्चिम, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, ‍अछाम, कालिकोट, जुम्ला, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा, कन्चनपुर र आसपासका जिल्लामा आकस्किम बाढीको मध्यम जोखिम रहेको जानकारी दिएको हाे ।

महाशाखाले साेही जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको जानकारी दिएको छ। त्यस्तै, महाशाखाले शुक्रबार रसुवा र नुवाकोट जिल्ला भई बहने नदीहरूमा बहाब उल्लेख्य बढ्ने जनाएकाे हाे।

साेही जिल्ला भई बहने भोटेकोशी तथा त्रिशूली नदी एवं स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको महाशाखाले जानकारी गराएकाे छ।