Logo १९ भाद्र २०८३, शुक्रबार | Fri Sep 4 2026


नेकपाद्वारा रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा २५ लाख रूपैयाँ जम्मा


91
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले रसुवाको भोटेकोशी बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ जम्मा गरेको छ।

पार्टीले यसअघि गरेको निर्णय बमोजिम बाढीपीडितको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको जनाएको हाे। पार्टीले भोटेकोशी बाढीका सन्दर्भमा खोजी, उद्धार, राहत र पुनर्स्थापनाका काममा जुट्न तथा सहयोग गर्न सिंगो पार्टी पंक्तिलाई परिचालन गरिसकेको बताएकाे छ।

त्यस्तै, बाढीपीडितको उद्धार तथा राहत कार्यमा हर किसिमले सहयोग, समन्वय र सहकार्य गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘विपद् व्यवस्थापन डेस्क’ स्थापना गरिएको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयाे । पार्टीले बाढीपीडित, उनीहरूका परिवार, आफन्त तथा सरोकारवालालाई आवश्यक सम्पर्क र सूचना उपलब्ध गराउन समेत अपिल गरेको छ ।