Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


रसुवा बाढीपीडित: आफ्नै बैंक खाताको क्यूआरमार्फत रकम उठाएकाे आराेपमा एक पुरूष पक्राउ


2.1k
Shares

काठमाडौं । रसुवा भोटेकोशी बाढी-पीडितका लागि भन्दै आफ्नै बैंक खाताको क्यूआरमार्फत रकम संकलन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरि नगरपालिका-१ का ४७ वर्षीय कृष्ण केसी रहेका हुन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले कलंकीबाट पक्राउ गरेको हो । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिदिने भन्दै विभिन्न व्यक्तिलाई आफ्नो बैंक खातामा रकम जम्मा गर्न लगाउने गरेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएकाे छ।

प्रहरीले केसीलाई सोधपुछ गर्ने क्रममा उनले प्रहरी कर्मचारीमाथि समेत अभद्र व्यवहार गरेका थिए । केसीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट बिहीबारसात दिनको म्याद थप गरिएको छ। घटनाकाे बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे हाे।

Skip This