Logo १८ भाद्र २०८३, बिहिबार | Thu Sep 3 2026


कृष्णभीरमा पहिरो खसेपछि काठमाडौंमा ग्याससहितका अत्यावश्यक वस्तुको अभाव


338
Shares

काठमाडौं । रसुवामा आएको बाढीले धादिङको कृष्णभीरमा पहिरो जाँदा काठमाडौं उपत्यकामा खाना पकाउने ग्याससहितका काअत्यावश्यक वस्तुको अभाव देखिन थालेको छ।

काठमाडौं प्रवेश गर्ने मुख्य सडक पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा आइतबार पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हाे। सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकातर्फ आउने ग्यास तथा पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनबीच बाटोमै रोकिएका छन् । जसका कारण उपत्यकामा ग्यास आपूर्ति प्रभावित भएको हाे।

सडक अवरुद्ध भएपछि काठमाडौंका विभिन्न बिक्री केन्द्रमा ग्यास लिन सर्वसाधारणको भीड बढ्न थालेको छ। अनामनगरस्थित नेपाल ग्यासको आधिकारिक बिक्री केन्द्रमा पाँच दिनदेखि ग्यासका लागि सर्वसाधारणको लामो लाइन लागेको हाे । ग्यास नपाउँदा उपभोक्ताले घण्टौ‌ लाइनमा बसेर पनि खाली सिलिन्डर बोकेर फर्किनुपर्ने अवस्था आएको बताएका छन् ।