Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन


0
Shares

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाढी र पहिरोबाट अति प्रभावित धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ ।

अध्यक्ष ओलीले धादिङको गल्छी क्षेत्रमा पुगेर प्राकृतिक विपद्बाट पीडित स्थानीय बासिन्दाको अवस्थाबारे जानकारी लिनुका साथै उनीहरूका गुनासा सुन्नुभएको हो ।

उक्त क्षेत्रमा एमाले संवद्ध जनवर्गीय संगठनहरू राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) र प्रवासी नेपाली मञ्च (ओएनएफ) लगायतका टोलीहरू उद्धार तथा राहत कार्यमा सक्रिय रहेका छन् ।

धादिङको अवलोकनपश्चात उहाँले नुवाकोटको बेलकोटगढी नगरपालिकाका केही प्रभावित स्थानहरूको समेत निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँले बाढी र पहिरोले पु¥याएको भौतिक क्षति र राहत वितरणको अवस्थाबारे जानकारी लिनुभएको छ ।