Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


११ जना विज्ञ उद्धार टोली र औषधि लिएर भारतीय वायुसेनाको विमान नेपाल आउँदै


65
Shares

काठमाडौं । भारत सरकारले बुधबार नेपालमा जारी खोज, उद्धार तथा राहत कार्यका लागि पाँचौं सैन्य विमान पठाएको छ ।

भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले ट्वीट (एक्स) मार्फत भारतबाट राहत सामग्रीसहितको पाँचौं विमान नेपालका लागि प्रस्थान गरेको जानकारी दिनुभएकाे हाे। विदेशमन्त्री जयशंकरले भारतीय वायुसेनाको उक्त विमानमा ११ जना विज्ञ सम्मिलित उद्धार टोली, अत्याधुनिक खोज तथा उद्धार उपकरण र ५ दशमलव ५ टन अत्यावश्यक औषधि पठाएकाे बताउनुभएकाे छ।

नेपालमा रसुवाकाे भोटेकोशीमा आएको भीषण विपद्पछि भारतीय राहत संयन्त्रले उद्धार र राहत सामग्री ढुवानीलाई तीव्रता दिएको हाे । विमानस्थलमा राहत सामग्री तथा उद्धार टोली ओराल्ने र स्थानीय तहसम्म पुर्‍याउनका लागि समन्वय भइरहेको छ । यसअघि पनि भारतले उद्धार टोली, राहत सामग्री तथा चिकित्सकीय टोली विभिन्न विमानमार्फत नेपाल पठाइसकेको हाे ।