काठमाडाैं । काठमाडौंको छाउनी निवासी मंगला अमात्यले भोटेकोशी-त्रिशुलीमा आएको विनाशकारी बाढी पीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड ८ लाख रुपैयाँ सहयोग गरेकी छिन्।
उनको प्रतिनिधि अरुण श्रेष्ठले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर १ करोड ८ लाखको चेक हस्तान्तरण गरेका हुन्। भदौ १० गते अकस्मात आएको भीषण बाढीमा परेर हजारौं मानिस वेपत्ता भएका छन् भने हजारौंको शव फेला परिरहेको छ।
बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुगेको छ। बाढीकै कारण हजारौं मानिस घरबारविहिन भएका छन्।










प्रतिक्रिया दिनुहोस्